• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday

नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

  • २०८२ पुष २२, मंगलवार

म्याग्दी । आगामी फागुन २१ गते हुने आम निर्वाचनको तयारीमा लागेका म्याग्दीका मुख्य दल मध्ये नेकपा एमालेले मंगला गाउँपालिकामा बिस्तारीत बैठक सोमबार सम्पन्न गरेको छ ।

नेकपा एमालेकी केन्द्रीय सदस्य नरदेवी पुनको प्रमुख आतिथ्यतामा भएको उक्त बैठकले मंगला गाउँपालिकाका पाँच वटै वडामा बिस्तारीत बैठक गर्ने निर्णय गरेको नेकपा एमाले मंगला गाउँपालिका अध्यक्ष याम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलाको १ देखि ५ नम्बर वडा सम्मै विस्तारीत बैठक गरी चुनाव केन्द्रीत योजना बनाएर अगाडी बढ्ने छ ।

सोमबार भएको गाउँपालिकाको बिस्तारीत बैठकमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्यका प्रस्तावित उम्मेदवार हरिकृष्ण श्रेष्ठ, नेकपा एमाले जिल्ला कमिटी म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, उपाध्यक्ष प्रमोद श्रेष्ठ, सचिव थमसरा पुन, उपसचिव सतप्रसाद रोका लागायतका नेताहरुले आफ्नो बिचार व्यक्त गर्नुभएको थियो । त्यस्तै प्रतिनिधिसभा सदस्यका प्रस्तावित उम्मेदवार प्रकाश पौडेल, क्युपेक नेपालकी केन्द्रीय सचिव तथा प्रस्तावित उम्मेदवार बलादेवी राई लगायतले बोल्नु भएको नेकपा एमाले मंगला गाउँपालिका कमिटी सचिव राजु पाण्डेले जानकारी दिनुभयो ।

त्यस्तै आगामी चुनावलाई लक्षित गरी गाउँपालिका कमिटीका उपाध्यक्ष चिरञ्जिवि शर्माको संयोजकत्वमा प्रचारप्रसार कमिटी, सचिव राजु पाण्डेको संयोजकत्वमा आर्थिक, स्वयंसेवक परिचालन संयोजकमा किशोर कँडेललाई चयन गरीएको छ । त्यस्तै सचिवालय व्यवस्थापनमा नेकपा एमाले मंगला गाउँपालिका कमिटी अध्यक्ष याम थापा रहनु भएको छ ।

  • २०८२ पुष २२, मंगलवार