बागलुङ । सर्वोच्च अदालतका प्रधानन्यायाधिस प्रकाशमान सिंह राउतले न्यायालयमा आगलागी भएर जलेपनि नागरिकलाई दिने न्याय नजलेको बताउनुभयो । उच्च अदालत पोखरा बागलुङ इजालसको अत्याधुनिक भवनको उद्घाटनपछि बोल्दै राउतले न्यायालय ध्वस्त पार्ने काम हिंसात्मक रहेको शंकेत गर्दै खरानी टक्टकाएर न्यायालय उठेको बताउनुभयो । उहाँले सर्वोच्च अदालतमा जलेका २० हजार मिसिलमध्ये १४ हजार भन्दा बढी मिसिल तयार भइसेको बताउनुभयो । उहाँले विद्वान वकिल, बारइकाई र सरकारी वकिलको कार्यालयबाट प्राप्त भइसकेकाले न्यायालय पुन उठेको बताउनुभयो ।
उहाँले नागरिकले न्यायालयप्रति विस्वास बढाउने काम सेवा प्रवाहबाट मात्रै देखिने बताउनुभयो । भवनमात्र सुविधा सम्पनन भएर नहुने भन्दै सेवा प्रवाहमा सन्तुष्टी दिन आवश्यक दिनुपर्ने बताउनुभयो ।
“जेन्जी आन्दोलनपछि देश संवेदनशिल अवस्थामा पुगेको भन्दै निमर्म समिक्षा गरेर सेवा प्रवाहमा गुणस्तर बढाउनुपर्ने देखिएको छ, हामीप्रतिको आवेग पनि निस्किएको, तर राज्यका तीन वटै अंग जलाउने काम सुनुयोजित हो, अदालत उठेको छ” प्रधानन्यायाधिस राउतले “सर्वोच्च अदालत पुरानै अवस्थामा फर्कन थालेको छ, ढुक्क भएर नागरिकलाई सेवा प्रवाहमा खट्न न्यायाधिस र कर्मचारीलाई आग्रह गर्दछु, थप परिर्माजित भएर नागरिकमा गुणस्तरीय सेवा प्रवामा लाग्न आवश्यक छ ।”
बागलुङमा भव्य अदालतको भवन बनाउन सहयोग गर्ने पूर्व प्रधानन्याधिसहरुलाई समेत धन्यवाद दिनुभयो । भूकम्पले क्षति प¥याएको अदालतको भवन विसं २०७९ मङ्सिर १५ गते ३० महिनाभित्र सक्नेगरी निर्माण थालिएको थियो । उक्त भवन गत जेठमा सम्झौता मितिभित्रै सम्पन्न भएर साउनबाट सेवा दिन थालेको छ ।
भवन गण्डकी प्रदेशको नमूना र ठूलो लागतमध्ये पर्ने उच्च आदलत पोखरा बागलुङ इजालसले जानाएको छ । भूकम्पले भत्काएको १० वर्षपछि भवन निर्माणको उद्घाटन गरिएको हो । २९ महिनाभित्रै उच्च अदालत पोखराको सुविधा सम्पन्न साढे छ तलाको भवन सम्पन्न भएको थियो । आधुनिक र पूर्ण आपाङ्गमैत्री भवनमा अण्डरग्राउण्ड पार्कीङसंगै अन्य तीन वटा न्यायाधिश आवास गृह संगै निर्माण गरिएको हो । उच्च अदालत पोखरा अन्तर्गत बागलुङ अदालतको भवन २०७२ सालको भूकम्पले क्षति भएपछि विसं २०७९ मङ्सिरमा ठेक्का सम्झौता भएर काम सुरु भएको थियो ।
दुई वटा विद्युतीय भ¥यायाङसहित नमूना भवन निर्माण सम्पन्न भएर सेवा दिइरहेको छ । गत असार २० गतेसम्म सम्झौता मिति रहेको उक्त भवन जेठ अन्तिममा निर्माण सम्पन्न भएर साउनबाट सेवा दिन थालेको उच्च अदालत पोखरा बागलुङ इजालशका मुख्यभइकाम गर्ने न्यायाधिस नातिबाबु लामिछानेले जानकारी दिनुभयो । अदालत निर्माणको ३० महिना जिल्ला अदालत बागलुङको भवनबाट सेवा प्रदान गरिएको थियो । श्यामसुन्दर पशुपति शिवजी निर्माण कम्पनीले रु. ५७ करोडमा ठेक्का सम्झौता गरेको थियो । निर्माण व्यवसायीले दिनरात गरी दुई चरणमा काम गरेसँगै सम्झौता मितिभित्रै निर्माण सम्पन्न भएको थियो ।
नयाँ भवनमा छ वटा अत्याधुनिक इजलास कक्ष रहेका छन् । जसकारण एकसाथ छ मुद्दाको इजलास गर्न सकिने न्यायाधिकस लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार अन्डरग्राउण्डसहित साढे छ तलाको उक्त भवनसँगै अथिति गृह, न्यायाधीश, रजिष्ट्रार, सुरक्षाकर्मी र कर्मचारी आवासका संरचना तीन ब्लकमा निर्माण गरिएको छ ।सात रोपनी जग्गामा निर्माण भइरहेको उक्त भवन प्रविधिमैत्री, अपाङ्गमैत्री, भूकम्प प्रतिरोधीका साथै साविक धौलागिरि अञ्चलका चार जिल्लामा रहेका इजलासमध्ये सबैभन्दा ठूलो र आधुनिक रहेको सघन सहरी तथा भवन निर्माण कार्यालयले जनाएको छ ।