बागलुङ । नेपाली कांग्रेसले आगामी चुनावमा पार्टीको अवस्था बुझ्न सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको नेतृत्मा रहेको निर्वाच्न परिचालन समितिले सबै जिल्लामा पार्टीको अबस्था बुझ्न नेताहरुलाई खटाएको हो ।
बागलुङका २ जना नेताहरुलाई कांग्रेसले अन्य जिल्लाको अवस्था बुझ्न केन्द्रीय प्रतिनिधि तोकेको छ । पार्टीका केन्द्रीय सदस्य जगदिशचन्द्र उपाध्यायलाई कास्की र निवर्तमान केन्द्रीय सदस्य किरणराज पौडेललाई नवलपुर जिल्लामा खटाएको हो ।
केन्द्रीय प्रतिनिधिले सम्बन्धित जिल्लामा पार्टीको अवस्था बुझ्ने र आवश्यक विषयमा केन्द्रीय तहमा समन्वय गर्ने जिम्मेवारी दिइएको नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको छ । बागलुङको अवस्था बुझ्नका लागि चिनु पोखरेल, म्याग्दीमा मनकुमारी गुरुङ, पर्वतमा चीनकाजी श्रेष्ठ र मुस्ताङमा कृष्ण बहादुर केसीलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ ।