• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

बागलुङ बजारमा राप्रपाको चुनावी अभियान

  • २०८२ माघ २६, सोमबार

बागलुङ ।   राष्ट्रिय प्रजातन्त्र पार्टीकातर्फबाट बागलुङ क्षेत्र नं. १ उम्मेदवार कल्याण विक्रम आचार्यले बागलुङ बजारबाट चुनावी अभियानको शुरुवात गर्नु भएको छ ।

राप्रपा बागलुङका निवर्तमान सभापति सुरेन्द्र खड्का लगायत जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरु सहित उम्मेदवार आचार्यले घरदैलो गरेर मत माग्नु भएको हो । बागलुङ बजारको गुठी, राधाकृष्णटोल, किरानाटोल, नौबिसे टोल, बुद्धबिहार, सिनेमा रोड, लालिगुराँसचोक लगायत बजारमा विभिन्न टोलहरुमा पुगेर मतदाताहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको बारेमा जानकारी गराउनुका साथै मत दिएर विजयी गराउन आव्हान गर्नु भएको थियो ।

चुनावी अभियानका क्रममा आचार्यले राजनीतिलाई जनताको जीवन बदल्ने माध्यम बनाउनु पर्नेमा जोड दिनु भएको छ । राजतीतिमा देखिएको अस्थिरता, अराजकता, अन्यौलताको अन्त्यका लागि संवैधानिक राजतन्त्र सहितको प्रजातन्त्र आवश्यक रहेको उहाँले बताउनु भएको छ । राजसंस्था, हिन्दुअधिराज्य पुनस्थापना, प्रदेश खारेजी एवम् प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग गर्दै राप्रपा चुनावी अभियानमा होमिएको आचार्यले बताउनु भएको छ ।

राप्रपाले युवा तथा शिक्षित युवा उम्मेवार आचार्यलाई जनताका बीचमा अगाडि बढाएकाले पनि मतदाता उत्साहित देखिएको राप्रपाका निवर्तमान सभापति सुरेन्द्र खड्काले बताउनुभयो । मुलुकको राजनीतिक अस्थिरतालाई अन्त्य गरी स्थिरता र विकास तथा राष्ट्रियताको संरक्षणका लागि राजसंस्थासहितको हिन्दु अधिराज्य राप्रपाको मुख्य माग रहेको खड्काले जानकारी दिनुभयो ।

  • २०८२ माघ २६, सोमबार