• २०८३ मंसिर ४, बिहीबार
  • 2026 November 19, Thursday

बागलुङमा समानुपातिक मत परिणाममा रास्वपा पहिलो

  • २०८२ फाल्गुन २८, बिहीबार

बागलुङ । बागलुङ जिल्लामा समानुपातिक तर्फको मत परिणाम सार्वजनिक भएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा समानुपातिक मत परिणाम अनुसार बागलुङ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ ।

प्रत्यक्षतर्फ दुवै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ समेत सबैभन्दा बढी मत ल्याएको हो ।
समानुपातिक तर्फ नेपाली कांग्रेस दोस्रो र एमाले तेस्रो, नेपाली कम्युनिष्ट पार्टी नेकपा चौथो स्थानमा पुगेको हो ।
समानुपातिक मत परिणाम अनुसार रास्वपाले क्षेत्र नं. १ मा २२ हजार ८५९ र क्षेत्र नं. २ मा १४ हजार २६४ मत गरी ३७ हजार १२३ मत ल्याएको छ ।

यस्तै समानुपातिकतर्फ दोश्रो हुने कांग्रेसले क्षेत्र नं. १ मा १० हजार १८५ र क्षेत्र नं. २ मा ११ हजार ३१० गरी २१ हजार ४९५ मत पाएको हो ।

एमालेले क्षेत्र नं. १ मा ७ हजार १४७ र क्षेत्र नं. २ मा ७ हजार १२ गरी १४ हजार १५९ मत पाएर तेस्रो भएको छ ।
नेपाली कम्युनिष्ट पार्टीले क्षेत्र नं. १ मा १ हजार ९१९ र क्षेत्र नं. २ मा ७ हजार १९४ गरी ९ हजार ११३ मत पाएको छ ।
राष्ट्रिय जनमोर्चाले क्षेत्र नं. १ मा ३ हजार ५९७ र क्षेत्र नं. २ मा गरी जम्मा ३ हजार २३८ गरी ६ हजार ८३५ मत पाएको हो ।
राप्रपाले क्षेत्र नं. १ मा ९४३ र क्षेत्र नं. २ मा २७४ गरी १ हजार २१७ मत मात्रै पायो । श्रम संस्कृति पार्टीले भने एक हजार ४५ मत पाएको छ । ५८ दलमध्ये बाँकी दलले एक हजार भन्दा कम मत पाएका हुन् ।

  • २०८२ फाल्गुन २८, बिहीबार