• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण पत्र

  • २०८२ फाल्गुन २८, बिहीबार

बागलुङ । अन्तरपार्टी महिला सञ्जाल बागलुङले बलात्कार पछि हत्या गरिएकी सुर्खेतकी इनिसा विकका दोषीलाई तत्काल कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न माग गरेको छ । बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै अन्तरपार्टी महिला सञ्जालले १६ वर्षीया इनिसामाथी भएको जघन्य अमानवीय तथा निन्दनीय घटनप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी आचार्यलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै अन्तरपाटी महिला सञ्जाल बागलुङका अध्यक्ष सीता सापकोटाले इनिसामाथी भएको कुर अपराधले सम्पूर्ण समाजलाई स्तब्ध बनाउनुका साथै मानव अधिकार महिला सुरक्षा र कानुनी शासन माथि गम्भीर चुनौती खडा गरेको बताउनु भयो ।

ध्यानाकर्षण पत्रमा इनिसाको घटनाले कानुनी राज्यको उपहास भएको भन्दै सभ्य र न्यायपूर्ण समाजमा यस्ता खालका अमानवीय अपराधहरु कदापि स्वीकार्य गर्न नसकिने उल्लेख गरिएको छ ।

सम्बन्धित निकायहरुसँग यस घटनाको निष्पक्ष पारदर्शी तथा छिटो अनुसन्धन गरि दोषीहरुलसाई तत्काल कानुनी दायरामा ल्याई कडा भन्दा कडा सजाय सुनिश्चित गर्न दृढ माग गरिएको छ । प्रमुख जिल्ला अधिकरी मार्फत प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरिएको ध्यानाकर्षण पत्रमा पीडित परिवारलाई उचित राहत क्षतिपुर्ति तथा आवश्यक सुरक्षा उपलब्ध गराउन माग गरिएको छ ।

अध्यक्ष सापकोटा र सचिव हुमा खड्काले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा यस्ता जघन्य अपराधहरु दोहोदिन नदिन राज्यका सम्बन्धित निकायहरुले महिला तथा बालिकाको सुरक्षाका लागि प्रभावकारी निति कडा कानुनी कार्यान्वयन तथा सामाजिक सचेतनामुलक कार्यक्रमहरुलाई अझ सशक्त रुपमा अगाडि बढाउन आवश्यक रहेको उल्लेख गरिएको छ ।

  • २०८२ फाल्गुन २८, बिहीबार