• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

उद्योग वाणिज्यसंघ गण्डकी प्रदेश अध्यक्षमा बागलुङका कँडेल सर्वसम्मत

  • २०८२ चैत्र १७, मंगलवार

बागलुङ । उद्योग वाणिज्यसंघ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका नरेश कँडेल सर्वसम्मत हुनुभएको छ । आगामी चैत २० गते आयोजित नवौं गण्डकी प्रदेशस्तरीय सभा तथा तेस्रो अधिवेशनका लागि चैत १५ गते मनोनयन दर्ता रहेको थियो ।

मनोनयनका लागि अध्यक्षमा बागलुङका नरेश कँडेल र स्याङ्जा उद्योग वाणिज्यसंघका पूर्व अध्यक्ष नवराज सुवेदीले मनोनयन दर्ता गरेपनि सोमबार नवराज सुवेदीले उम्मेदवारी फिर्ता लिएसंगै कँडेल सर्वसम्म हुनुभएको छ । कँडेल सहित सिंगो कार्यसमितिनै सर्वसम्मत भएको छ । कार्यसमितिले २० गते नवौं गण्डकी प्रदेशस्तरीय सभा तथा तेस्रो अधिवेशनमा निर्वाचित भएको प्रमाणपत्र प्राप्त गर्नेछन् ।

अधिवेशनमा नगर उद्योग वणिज्यसंघ २५, एसोसियट सदस्य १०२, वस्तुगत संघ सदस्य १७ गरी जम्मा १४४ प्रतिनिधि अधिवेशनमा सहभागी छन् । बागलुङ उद्योग वाणिज्यसंघ बागलुङका निवर्तमान अध्यक्ष कँडेल सिल्भर पार्टीप्यालेसका सञ्चालक हुनुहुन्छ ।

मनोनयनपछि जिल्ला नगर उपाध्यक्षमा मिर्गेन्द्र  घिमिरे, एसोसियट उपाध्यक्षमा सुर्य बहादुर भुजेल, वस्तुगत उपाध्यक्षमा हरी कुमार श्रेष्ठ र कोषाध्यक्ष राजेन्द्र ओझा सर्वसम्मत हुनुभएको छ ।

  • २०८२ चैत्र १७, मंगलवार