• २०८३ आश्विन २०, मंगलवार
  • 2026 October 06, Tuesday

बागलुङमा खाना पकाउने तालिम सुरु

बागलुङ । बागलुङमा खाना पकाउने (कुक) तालिम मंगलवारदेखि सुरु भएको छ । एकीकृत सेवा कार्यालय बागलुङको आयोजनामा १५ दिने कुक तालिम सञ्चालनमा आएको हो ।
तालिमको उद्घ्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले तालिमले सीप विकाससँगै रोजगारीको अवसर सिर्जना गर्ने बताउँदै सहभागीहरूलाई सक्रिय रूपमा सहभागिता जनाउन आग्रह गर्नुभयो । तालिमबाट सिकेका सीपलाई व्यवहारमा लागु गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा होटल व्यवसायी संघ गण्डकीका अध्यक्ष अर्जुन चोखालले व्यवसायीले लगानी गरेको भएपनि दक्ष जनशक्तिको अभाव हुने गरेको भन्दै यसले व्यवसायीलाई पनि सहयोग पुग्ने अपेक्षा राख्नुभयो । सीप तालिमकोलागि मात्र नभएर जीवनउपयोगिताको लागि पनि हुनु पर्ने बताउनु भयो । सहभागीका तर्फबाट सुमित बोहोराले मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिम १५ दिनसम्म सञ्चालन हुने र २० जनाको सहभागिता रहेको एकीकृत सेवा कार्यालय बागलुङका प्रमुख शिव प्रसाद शर्माले जानकारी दिनुभयो ।

कार्यक्रम एकीकृत सेवा कार्यालयका सहायक प्रमुख शिव प्रसाद शर्माको अध्यक्षता सूचना अधिकारी विष्णुनाथ शर्माले स्वागत र कम्प्युटर अधिकृत श्याम थापा मगरले सञ्चालनमा सम्पन्न भएको थियो ।