बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार अधिनायकवादी र तानासाही बन्दै गयो भने संचारमाध्यमले खवरदारी गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासघं बागलुङ शाखाको आयोजनामा शुक्रबारदेखि सुरु भएको बागलुङ मिडिया मेलाको उद्घाटन गर्दै उहाँले सरकारी संचार माध्यममा मात्र बिज्ञापन प्रकाशन र प्रसारण गर्ने भन्ने वर्तमान सरकारको निर्णयले संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउन खोजेको टिप्पणी गर्नुभयो ।
उहाँले खुल्ला अर्थतन्त्रमा सरकारी र निजी दुबै मिडिया बिच प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिनुभयो । बिहिबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईईको कपि सोही केन्द्रमै जाच्ने निर्णपनि व्यवहारिक नभएको बताउनुभयो । वर्तमान सरकारले नयाँ गर्ने नाममा अव्यवहारिक क्रियाकलाप गर्दै गएको टिप्पणी गर्नुभयो । सरकारको यो निर्णय यो वर्ष जेनतेन कार्यान्वयन भएपनि आगामी वर्षबाट कार्यान्वयन हुन नसक्ने बताउनु भयो ।
उहाँले गण्डकी सरकारले अभिव्यक्ति स्वतन्त्रताको सदैव सम्मान गर्ने बताउनुभयो । समाजका लागि खवरदारी गर्नुपर्ने पत्रकारिता जगत अहिले आफ्नै लागि लड्ने स्थिती आएको उहाँको भनाई थियो ।
सो अवरमा नेपाल पत्रकार महासघंका महासचिव राम प्रसाद दाहालले सरकारले हालै जारी गरेको परिपत्रले साना मिडियालाई संकटमा पारेको भन्दै सबै मिलेर खवरदारी गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा सिएमआर नेपालका निर्देशक उज्वल आचार्यले ‘अवको पत्रकारिता’ विषयमा विषेश भनाई राख्नु भएको थियो ।
कार्यक्रममा महासघंका पूर्वकेन्द्रिय अध्यक्ष धर्मेन्द्र झाले मैथिली भाषामा लेखिएको जगन्मुक्ति नामक पुस्तक यात्रा स् हिमालय पार सँ समुद्र तट धैर को विमोचन समेत गरिएको थियो । बहस कृषि, उद्यम र पर्यटनमा केन्द्रित हुने नेपाल पत्रकार महासघं बागलुङका अध्यक्ष राम थापा अविरलले बताउनुभयो ।
मिडिया मेलामा स्थानीय मिडिया सवलिकरण र राष्ट्रिय विषयमा छलफल हुने नेपाल अध्यक्ष राम थापाले बताउनुभयो । मेलामा फोटो तथा पुराना सञ्चार सामग्री प्रर्दशनीमा पनि राखिएको छ । विद्यामन्दिर पुस्तकालयले पनि आफनो ऐतिहासिक पुस्तक, हस्तलिखित पत्रपत्रिका, २०१६ सालको भिडिटर बुक र महत्वपूर्ण पुस्तक र पत्रपत्रिकाको स्टल राखिएको छ । बागलुङका ४० वर्ष पुराना तस्बिर र नयाँ तस्बिरहरु समेत प्रदर्शनमा राखिएको छ । बागलुङ नगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थीले तयार गरेको भित्तेपत्रिका समेत प्रदर्शनमा राखिएको छ ।
कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरलको अध्यक्षता, उपाध्यक्ष सुवास आचार्यको स्वागत र सविच नारायण रिजालको संचालनमा सम्पन्न भएको थियो ।
