बागलुङ। जिल्लाको सदरमुकाम बागलुङ बजारका १० ठाँउमा हाइमाष्ट प्रविधिको सडक लाईट जडान गरिएको छ । बजारका मुख्य–मुख्य चोकमा लाइट जडान गरिएको छ । सोमवार नगर प्रमुख बसन्त कुमार श्रेष्ठले लोकतान्त्रिक चोकबाट सडक बत्तीबालेर उद्घाटन गरेसँगै सबैठाउँका बत्ती बल्न सुरु गरेका छन् ।
उज्यालो बागलुङ कार्यक्रम अन्तर्गत नगरपालिकाको २३ लाख ९३ हजा ५ सय २४ र विद्युत प्राधिकरणको १२ लाख ८८ हजार ८ सय २१ गरी कुल ३६ लाख ८२ हजार तीन सय ४५ रुपैयामा बत्ती जडान गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनु भयो । सडक बत्ती जडान तथा मिटर बक्सको जडानमा थप एक लाख बराबर खर्च भएको श्रेष्ठको भनाई छ । बागलुङ जिल्लाको प्रवेशद्धारको रुपमा परिचित वडा नं. १ को मालढुंगा र कालिका भगवती मन्दीर, वडा नं. २ को ऐतिहासिक पार्क, धौलागिरी अस्पताल, धौलागिरी क्याम्पसगेट र लोकतान्त्रीक चोकमा जडा गरिएको हो । त्यस्तै वडा नं. ३ को चिप्लेटी वसपार्क क्षेत्र र वडा नं. ४ को आर्मी व्यारेक अगाडीको एटिएम चोक र उपल्लाचौरको नयाँबसपार्कमा उक्त बत्तीहरु जडान गरिएको नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।
“नगरको उज्यालो बागलुङ कार्यक्रम अन्तर्गत आज भन्दा दुई वर्ष अगाडीबाट सुरु गरेको योजनाको खरिद प्रक्रिाको कारण केही ढिला भएको छ ,बत्ती जडाका निम्ती चिनबाट पोल ल्याईएको छ बक्ती भारतबाट ल्याईएको छ भारतबाट ल्याइएको बत्तीको क्षमता अली बढी हुन्छ भन्ने प्रतिक्रिया छ ” नगर प्रमुख श्रेष्ठको भनाई छ ।
उहाँको अनुसार चिप्स प्रयोग गरेर रिमोर्टबाट जुनसुकै स्थानबाट पनि एकै पटक सबैठाउँको लाईट बाल्न तथा निभाउन सकिने र एउटा लाईटको मासिक दुई हजार सम्म विल आउन सक्ने छ । “बत्तीको महशुल नगरपालिकाले तिरेपनि भोलीका दिनमा टोल सुधार समिति र टोल विकास संस्थाले महशुल बुझाउने गरी योजना बनाउने छौ टोल सुधार समितिबाट महशुल तिर्ने काम भयो भने संरक्षण र प्रर्वद्धन गर्ने कुरामा अझै महत्व हुनेछ ।” नगर प्रमुखल श्रेष्ठले भन्नुभयो ।
नगरको ६५ प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ३५ प्रतिशत साझेदारी रहेको छ । राजमार्ग, पहुँच सडक, वडा सिमाना सडक, रणनीतिक महत्व र व्यवसायीक चहलपहल बढी हुने क्षेत्र, मन्दिर बसपार्क र अस्पतालमा सडकमा बत्ती जडान गरिएको हो । यात्रु, बजारमा सामान खरिद गर्ने ग्राहक, विद्यार्थी, आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन सुरक्षा र सहजताको लागि उज्यालो बागलुङ अभियान अन्तर्गत बत्ती जडान गरिएको हो ।
बजार क्षेत्रमा जडान १० वटा बत्ती मध्ये एक बत्ती बराबर ३ लाख ५० हजार रुपैयाँ रहेको छ । बत्तीले रातको समयमा हुने अपराधिक गतिविधि तथा चोरी डकैतीमा समेत कमी आउने स्थानीय व्यवसायी मनोविज्ञान श्रेष्ठको अपेक्षा छ । नेपाल विद्युत प्राधिकरण बागलुङ शाखाका प्रमुख दिलिप मरासीनीका अनुसार एक पोलमा ४ देखी ६ वटा २०० वाटको हाईमाष्ट बत्ती जडान गरिएको छ ।