• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

ताराखोला गाउँपालिकाको वित्तीय प्रगति ३८ प्रतिशत

बागलुङ । जिल्लाको ताराखोला गाउँपालिकाले हाल सम्म ३६.८३ प्रतिशत वित्तीय प्रगति गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ अन्तर्गको दोस्रो चौमासिक सम्म आईपुग्दा पूँजीगत खर्चमा कुल १५ करोड ९४ लाख ७६ हजार तीन सय ७० रुपैँया रहेकोमा पाँच करोड ८७ लाख ६७ हजार ४२ रुपैया रकम खर्च भएको हो । बिहीवार ताराखोला गाउँपालिकाको दोस्रो चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विमल रिजालले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । पालिकाले चालु खर्चमा भने ५१ प्रतिशत रकम खर्च गरेको छ ।

कार्यक्रममा नागरिकले पालिकाको सेवा प्रवाहको विषयमा प्रश्न तथा जिज्ञासा राखेका थिए । स्थानीय टेक बहादुर के सीले पालिकाले ताराखोलाको मुख्य सडकको रुपमा रहेको सहिदमार्गलाई ओझेलमा पार्नेकाम भएको भन्दै गुनासो गर्नुभयो । ‘सहिदमार्गले उन्नती प्रगति पाउन सकेन हामी यसैको कारणले धेरै पछडी परेको महसुश भएको छ,सहिदमार्गको उन्नती प्रगति के छ ? अमरभुमि ,सिले ,अर्गको सिर्खु क्षेत्र पछाडी परेको छ ’ उहाँले भन्नु भयो । यस्तै यम बहादुर घर्तीमगरले गाउँपालिकाले अध्यक्ष कपकोलागि बजेट विनियोजन गरेको तर कार्यक्रम नभएको भन्दै जिज्ञासा राखेका थिए ।

नागरिक सन्तुष्टि फारममार्फत समेत नागरिकले प्रश्न गरेका थिए । कृर्षि तथा लघुउद्यम द्धारा उत्पादित सामग्रीको बजारिकरणमा समन्वय गर्नु पर्ने,समानुपातिक विकासमा ध्यान दिनु पर्ने ,स्वास्थ्य र शिक्षामा लगानी बढाउनु पर्ने लगाएतको ,शैक्षिक क्षेत्रको नियमित अनुगमन गर्नु पर्ने लागएतको सुझाव व्यक्त गरेका थिए ।
कार्यक्रममा स्थानीयले राखेको प्रश्नको जबाफमा गाउँपालिका अध्यक्ष धन बहादुर वि क (हिमाल) ले सहिदमार्गको विषयमा धेरै ठाँउमा पहल गरेको र यस वर्ष पनि ठेक्कापत्ता भएर काम सुरु भएको भन्दै पूर्वधारको विषयमा पहिलो स्थानमा राखेर संघ र प्रदेश सम्म समेत समन्वयको काम गरेको उहाँले बताउनु भयो । यस वर्ष पालिकाले भातखाने डाँडा देखि सिले सम्मको खण्डमा रु एक करोड बजेटमा काम अगाडी बढेको समेत जानकारी दिनुभयो । कार्यक्रममा पालिकाले गर्ने अध्यक्ष कपको खेलकुदको कार्यक्रम निर्वाचन तथा विभिन्न कारणले गर्न समस्या भएको बताउनु भयो ।

गाउँपालिका उपाध्यक्ष भिम बहादुर रोकाले समानुपातिक विकासकोलागि नरन्तर पहल भएको र बजेट निर्माणकोलागि प्रत्येक वडामा छलफल गरेर बजेट निमार्ण गर्ने गरिएको जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विमल रिजालले पालिकाले आवश्यताको आधारमा मात्र सरकारी सवारी साधन प्रयोग गर्ने गरेको बताउनु भयो । नागरिक सन्तुष्टि फारममा नागरिकले सरकारी सवारी साधनको दुरुपोग भएको भन्ने प्रश्नको उत्तरमा यस्तो जवाफ दिनुभएको छ । ताराखोला गाउँपालिकाको आयोजना तथा ताराखोला मिडिया प्रा लिको सहजिकरणमा सम्पन्न कार्यक्रमा मिडियाका अध्यक्ष महेन्द्र घर्ती (संगम)को अध्यक्षता ताराखोला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष भद्र बहादुर घर्तीको स्वागत ,तथा पत्रकार विनोद थापाले नागरिक सन्तुष्टि फारामको सर्वेक्षण प्रस्तुत गर्नुभयो । यस्तै पत्रकार कमल पौडेलले टिप्पनी, पत्रकार पूर्णभद्र न्युरेको सञ्चालन र पत्रकार महासंघ बागलुङका सदस्य संगम घर्तीको सहजिकरणमा सम्पन्न भएको थियो ।