• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

बागलुङको बडिगाडमा मोटरसाइकल दुर्घटना, २ जना घाइते

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ५ बालुवामा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

घाइते मध्ये एकको अवस्था गम्भिर रहेको छ । बुधबार साँझ बागलुङको पश्चिमाबाट बडिगाड तर्फ आउँदै गरेको लु३०प७७२१ नम्बरको पल्सर मोटरसाकल मध्यपहाडी लोकमार्गको बडिगाड गाउँपालिका खण्डको बालुवामा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी वरिष्ठ नायव निरिक्षक मिनबहादुर कुँवरले जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकल चालक गुल्मीको मुसिकोट नगरपालिकाका कृष्णबहादुर विक र भक्तबहादुर परियार घाइते हुनु भएको हो । घाइतेमध्ये चालक कृष्णको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।  घाइतेहरुको गलकोट नगरअस्पतालमा उपचार भइरहेको छ ।