बागलुङ । लायन्स क्लब अफ बागलुङ पीस टाउनको आयोजनामा एक दिने क्यान्डिल बनाउने तालिम कार्यक्रम सम्पन्न भएको छ । तालिममा बर्थडे, तिहार र अन्य कार्यक्रमका लागि आवश्यक पर्ने सजावट सहितको क्यान्डिल बनाउने तालिम प्रदान गरिएको हो । तालिममा १८ जना युवतीहरुको सहभागीत रहेको थियो ।
क्लब अध्यक्ष एलिजा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । कार्यक्रममा चार्टर प्रेसिडेन्ट सनिशा घर्ती प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो । उहाँले स्वरोजगार बन्न तालिम दिएको बताउनुभयो । फूर्सदमा बसेका युवतीहरुलाई व्यवसायिक योजनामा ल्याउन सानो कार्यक्रमले सघाएको छ । स्वागत मन्तव्य डिस्ट्रिक्ट एड्भाइजर तुलसी रेग्मीले व्यक्त गर्नुभएको थियो भने रिजन चेयरम्यान रमेश शर्माले शुभकामना मन्तव्यसहित क्लबको परिचय प्रस्तुत गर्नुभएको थियो ।

तालिममा महिला तथा बालबालिका शाखा अधिकृत रचना आचार्यले मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहभागीहरूको तर्फबाट शारदा रिजालले धारणा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिव ज्योति के.सी. बिस्टले गर्नुभएको थियो । तालिममा सुर्वण सापकोटाले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा सामाजिक सेवा, महिला सशक्तीकरण तथा समुदायमा लायन्स क्लबले पु¥याउँदै आएको योगदानबारे समेत चर्चा गरिएको थियो ।
