• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

सामुदायिक विद्यालयमा विद्यामन्दिर माविको एसईई नतिजा उत्कृष्ट

  • २०८३ बैशाख २९, मंगलवार

बागलुङ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को सोमबार प्रकाशित नतिजामा बागलुङ स्थित सामुदायिक विद्यालयको रुपमा रहेको विद्यामन्दिर माध्यमिक विद्यालयका विद्यार्थीले उत्कृष्ट सफलता हासिल गरेका छन् ।

वि.सं. १९९७ सालमा राणा शासनकालमा स्थापना भएको विद्यालयले यस वर्ष पनि उत्कृष्ट शैक्षिक नतिजा कायम राख्न सफल भएको हो । विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मी ले अभिभावक र विद्यार्थीलाई विश्वासमा लिएर शिक्षा मैत्री वातावरण निर्माण गरिएकै कारण नतिजा उत्कृष्ट आएको बताउनुभयो ।

विद्यालयका अनुसार यस वर्ष एसईईमा सहभागी विद्यार्थीमध्ये ११ जनाले ३.६ देखि ४.० जिपिए प्राप्त गरेका छन् । यस्तै १९ जनाले ३.२ देखि ३.६, २७ जनाले २.८ देखि ३.२ तथा १० जनाले २.४ देखि २.८ जिपिए हासिल गरेका छन् । विद्यालयले शिक्षा, सीप र चरित्र निर्माणलाई प्राथमिकतामा राख्दै विषयगत ज्ञानसँगै अतिरिक्त क्रियाकलापमा पनि सकारात्मक वातावरण सिर्जना गर्दै आएको जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठले विद्यालय प्रचारभन्दा परिणाममा विश्वास गर्ने संस्था भएको बताउँदै बाल विकासदेखि कक्षा १२ सम्मै राम्रो शैक्षिक उपलब्धि हासिल हुँदै आएको उल्लेख गर्नुभयो । विद्यालयका सहायक प्रधानध्यापक थानेन्द्र गौतमका अनुसार विद्यालयले नियमितरुपमा उत्कृष्ट अंक ल्याउन अहोरात्र मेहन गरेको बताउनुभयो ।

  • २०८३ बैशाख २९, मंगलवार