• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

ढोरपाटनमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

  • २०८३ बैशाख ३०, बुधबार

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ लामडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।

आज बिहान बिहान लामडाँडाबाट बुर्तिबाङतर्फ आउँदै गरेको ध १ त ५७७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ११ फिट तल चुणामणी बिकको ढुङ्गा–माटोले बनेको एकतले कच्ची गोठमाथि खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका सवार ढोरपाटन नगरपालिका–५ का १६ वर्षीय शुसिलकुमार बिकलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख तिलक भारतीले जानकारी दिनुभयो ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा पुगेपछि प्रहरी निरीक्षक तिलक मानन्धरको कमाण्डमा सात जनाको टोली घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार ट्याक्टर चालक भने फरार रहेका छन् भने खोजी कार्य जारी छ । ट्याक्टर धनी भने प्रहरी सम्पर्कमा सम्पर्कमा आउनुभएको छ ।

दुर्घटनाबाट गोठमा आंशिक क्षति पुगेको भए पनि पशुचौपायामा क्षति नभएको प्रहरीले जनाएको छ ।

  • २०८३ बैशाख ३०, बुधबार