बागलुङ । बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक तिलक भारतीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४६ जना प्रहरी उपरीक्षक (एसपी)हरुको शुक्रबार सरुवा गरेको हो ।
आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको सरुवा गर्ने क्रममा बागलुङका तिलक भारतीको काठमाण्डौ उपत्यका शसस्त्र प्रहरी गण २ महाराजगन्जमा सरुवा भएको छ । बागलुङको नयाँ प्रहरी प्रमुखमा फरिन्द्र प्रसाई आउनुहुने भएको छ ।
प्रसाईलाई राट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम शाखा महाराजगंजबाट जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको हो ।