बागलुङ । जेन्जी आन्दोनमा भागेका कैदीबन्दी पक्राउ गरिएको छ । चोरी मुद्दामा कैद सजाय भोगिरहेका एक प्रतिवादी कारागारबाट फरार भएपछि पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी यम नारायण अर्यालका अनुसार बागलुङ नगरपालिका–७ निवासी ३४ वर्षीय सुरेश बोहोरा उर्फ “मिठु किसान” लाई प्रहरीले पक्राउ गरेर प्रहरीले आज सार्वजनिक गरको छ । उनलाई बागलुङ जिल्ला अदालतले २०८० जेठ २ गते मोवाईल चोरी मुद्दामा ३ वर्ष १ महिना कैद तथा ३० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। फैसला पछि उनी कास्की कारागारमा थुनामा रहेका थिए ।
प्रहरीका अनुसार जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए । फरार अवस्थामै उनले २०८३ जेठ १ गते बागलुङ नगरपालिका–२ शिवधाराचोकस्थित खड्कबहादुर खत्रीको पसलबाट मोबाइल चोरी गरी फरार भएको आरोप छ ।
घटनापछि प्रहरीले उनलाई पुनः पक्राउ गरी चोरी कसूरमा अनुसन्धान अघि बढाएको जनाएको छ । बागलुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।