बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाको विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रलाई चिनाउने प्रयास गरिएको छ ।
गाउँपालिकाको सक्रियतामा पत्रकार र स्थानीयले तमानखोलाको शोलेडाँडा, बराह ताल, मौलिक तमान गाउँ लागयताका स्थानहरुलाई उजागर गर्ने प्रयास गरिएको छ ।
तमानखोलाका पर्यटकीय क्षेत्रको प्रचार प्रसारबाट पालिकाले भरपुर फाइदा लिन सक्ने भन्दै यिनिहरुको विशेषता बाहिर ल्याउनुपर्नेमा जोड दिएर तीन दिने प्रर्बद्धनात्मक कार्यक्रम गरिएको छ । बागलुङको शोलेडाँडामा आयोजना गरिएको पर्यटन मन्थन कार्यक्रममा सहभागीले प्रचार प्रसारको अभावमा तमान गाउँ, शोलेडाँडा, नौडल्लेको पहाड, बराह ताल लगायतका क्षेत्र अझै ओझेलमा परेको बताएका थिए ।

पर्यटकीय क्षेत्रको पूर्वाधारमा गरेको पालिकाको लागानीको चर्चा सहित बागलुङका सक्रिय पत्रकार, तमानखोला गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयहरु पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा जुटेका थिए ।
तमान खोलागाउँपालिका—४ र म्याग्दीको मालिका गाउँपालिकाको सिमानामा पर्ने शोलेडाँडामा आयोजित पर्यटन मन्थन कार्यक्रममा गाउँपालिकाको समग्र पर्यटकीय क्षेत्रको संभावना, पूर्वाधार, विशेषता र चुनौतकीको विषयमा छलफल गरिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ बागलुङको आयोजना र तमान खोलागाउँपालिकाको सहकार्यमा तमानखोला गाउँपालिकाका पर्यटकीय क्षेत्रलाई उजागर गर्ने प्रयास थालिएको अध्यक्ष बुढाले जानकारी दिनुभयो । “पर्यटकीय क्षेत्रको संभावनालाई बाहिर ल्याउन पत्रकार मार्फत अभियान थालिएको हो, बागलुङका एक दर्जन पत्रकारहरुसंगै पालिकाका जनप्रतिनिधि र स्थानीयले सोलेडाँडा सहित बराहताल र तमान गाउँ भ्रमण गरेर प्रचार प्रसारको शुरु गरेका छौं” अध्यक्ष बुढाले भन्नुभयो “पर्यटकीय क्षेत्रमा गाउँपालिकाले पूर्वाधारमा करोड लगानी गरेपनि प्रतिफल ल्याउन प्रचार प्रसार थालेको हो ।”
पर्यटनको विकास मार्फत लाभ लिनका लागि सरकारी, निजी क्षेत्र र आमनागरिकले पनिविशेष लगानी गर्नुपर्ने पर्यटन मन्थनमा सहभागी सागर बुढाले बतानुभयो । पर्यटकीय स्थालको सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । तमानखोलाको पर्यटकीय क्षेत्र, संभावना र चुनौती विषयक पर्यटन मन्थमा गाउँमाआउने पर्यटकलाई गाउँकै पहिचानदिने खानेकुरा खुवाउन सकियो भने मात्रै उनीहरुलाई पुनःफर्केर आउने वाताबरण बनाउन सकिने सहभागीहरुले बताएका थिए ।

शोलेडाँडामा पाहुनाघर, कोशेलीघर, जडीबुटी पार्क, सहीदपार्क शौचालय निर्माणका काम सम्पन्नभएको छ । बराहतालमापुग्नका लागि सडक र पदमार्ग, त्यहाँपुग्ने पर्यटकका लागि आवश्यक खानेपानी, शौचालय, पिकनिक स्पोट लगायतका संरचना बनेका छन् । ताल संरक्षणका लागि आवश्यक घेराबार पनिलगाईएको छ । तालको परिवरी पनि स्लेट ढुङ्गा बिच्छ्याएर पदयात्रीकालागि संरचना तयार गरिएको गाउँपालिकाका उपाध्यक्ष हिरा कुमारी छन्त्यालले जानकारी दिनुभयो । शोले डाँडामा सिमानाको विवादको विषयले निर्माण गरिएका थुप्रै भौतिक संरचनाहरुमा क्षतिपुगेकोले दुबै पक्षले शोलेबाट लाभलिनेगरी सयुक्त रुपमा कामगर्न सकिने बताउनुभयो । पर्यटकीय क्षेत्रहरुमा संरचनानिर्माण गर्दा पर्यटकमैत्री संरचना निर्माणमा ध्यानदिने छन्त्यालको भनाई छ ।
तमानखोला गाउँपालिकाका प्रमुख प्रशासकियअधिकृत अमित परियारले तमानखोलाका विभिन्न पर्यटकीय ठाउँहरुमा गाउँपालिकाले करोड लगानी गरेपछि प्रतिफलका लागि प्रर्बद्धनात्मक कार्यक्रम आयोजना गरेको बताउनुभयो । “सोलेडाँडामा मात्रै प्रदेश र स्थानीय सरकारको करोड लगानी भइसकेको छ, तर पर्यटकको संख्या बढाउन पछिल्लो समय प्रचार प्रसारनै मुख्य कुरा हो, पत्रकार र स्थानीयको पर्यटन मन्थनले तमानखोला उजागर गर्नेछ” परियारले भन्नुभयो ।
कार्यक्रममा तमानखोला गाउँपालिका—३ का अध्यक्ष झकबहादुर बुढाले पर्यटनबाट आम्दानीगर्न स्थानीयले जोड दिन सके स्थानीयको नै आय आर्जन बढ्ने देखिएको बताउनुभयो । यस्तै तमानखोला—४ का वडाध्यक्ष छ प्रसाद सिर्पालीले शोलेडाँडा मार्फत पर्यटन विकास लागि आफुहरुले धरै काम गरेको बताउदै सिमानाको विवाद भन्दा मिलेर अघि जान सक्ने बताउनुभयो । शोलेडाँडा आफैमा एक चर्चित नाम हो, यहाँ गुराँस फुल्दा र हिउँदमा हिउँ खेल्न आउनेहरुको संख्या राम्रो रहेको उहाँको भनाई छ । कार्यक्रममा तमानखोला गाउँपालिका ः पर्यटन सम्भावना र चुनौती विषय अवधारणा पत्र पकार संगम घर्तीले गर्नुभएको थियो ।
कार्यक्रममा पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरलले पत्रकार र पालिकाको संयुक्त पहलमा प्रचार प्रसार थालिएको बताउनुभयो । पर्यटन मन्थन कार्यक्रमको सञ्चालन महासंघका सचिव नारायण रिजालले गर्नु भएको थियो ।