• २०८३ मंसिर ४, बिहीबार
  • 2026 November 19, Thursday

रास्वपा काठेखोलाको अध्यक्षमा रेशका हरि कार्की

  • २०८३ जेष्ठ १२, मंगलवार

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा काठेखोला गाउँपालिकाको प्रथम अधिवेशन मंगलवार सम्पन्न भएको छ । अधिवेशनले काठेखोला गाउँपालिका वडा नं। ७ रेश निवासी हरि बहादुर कार्की अध्यक्ष रहेको पालिका कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपसभापतिमा योगनाथ कंडेल,   सचिवमा भरत सापकोटा, सहसचिवमा इमाया किसान र कोषाध्यक्षमा होम बहादुर थापा चयन हुनु भएको छ ।

समितिका सदस्यहरुमा शारदा कुँवर , केशव मल्ल, ताराप्रसाद कंडेल, गोविन्द खत्री, मोहन सुनार चयन हुनु भएको छ । ११ सदस्यीय समितिमा एक जना महिला सदस्य पछि थप गरिने रास्वपाले जनाएको छ ।

अधिवेशनबाट रास्वपाको प्रथम केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पारश्वर कंडेल तथा प्रदेश प्रतिनिधिमा पूर्ण बहादुर क्षेत्री तथा जिल्ला प्रतिनिधिमा ओम प्रसाद न्यौपाने, याम कुमार नेपाली, केशव प्रसाद कंडेल, संगिता किसान चयन हुनु भएको छ ।

यस्तै अधिवेशनले प्रकाश थापाको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति चयन गरेको क्षेत्रीय सभापति बालकृष्ण शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा रास्वपा गण्डकी प्रदेश समितिका सदस्य टिबी थापा, जिल्ला सभापति महेन्द्र खड्का, प्रदेश संगठन विभाग सचिवालय सदस्य खिमानन्द पौडेल, क्षेत्रीय सभापति बालकृष्ण शर्मा, जिल्ला सचिव बबिन खत्री नेपाल, बानपा नगर समितिका सहसचिव नगेन्द्र रिजाल, वडा सभापतिको तर्फबाट काठेखोला गाउँपालिका वडा नं। ७ का सभापति गिरी प्रसाद कुँवर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

पालिका तदर्थ समितिका सभापति ओम प्रसाद न्यौपानेको अध्यक्षता र सचिव याम कुमार नेपालको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत गणेश कार्कीले गर्नु भएको थियो ।

  • २०८३ जेष्ठ १२, मंगलवार