• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

प्रथम धौलागिरी पालिकास्तरीय तेक्वान्दो प्रतियोगिता बागलुङमा हुँदै

  • २०८३ जेष्ठ २९, शुक्रबार

बागलुङ । बागलुङ जिल्ला तेक्वान्दो संघको आयोजनामा प्रथम धौलागिरी पालिकास्तरीय तेक्वान्दो प्रतियोगिता बागलुङमा आयोजना हुने भएको छ ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा धौलागिरी क्षेत्रका विभिन्न स्थानीय तहका खेलाडीहरूको सहभागिता रहनेछ । प्रतियोगिताका सम्पन्न गर्नका लागि बागलुङ नगरपालिकाले सहयोग गरेको आयोजकले जनाएको छ ।

तेक्वान्दो प्रशिक्षक परशु बोहोराका अनुसार प्रतियोगितामा बागलुङका पाँच, पर्वतका दुई र म्याग्दीको एक पालिकासहित आठ पालिकाका कुल २४८ खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगिता जेठ ३० र ३१ गते बाँगेचौर खेलमैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा रेफ्री तथा अफिसियल गरी ३८ जनाले जिम्मेवारी निर्वाह गर्नेछन् ।

प्रतियोगिता आधुनिक सेन्सर प्रणाली ९सेन्सर सिस्टम० मार्फत सञ्चालन गरिने प्रशिक्षक बोहोराले जानकारी दिनुभयो । प्रतियोगिताले धौलागिरी क्षेत्रका खेलाडीहरूको प्रतिभा पहिचान, खेलकुद विकास तथा तेक्वान्दोप्रति आकर्षण बढाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

  • २०८३ जेष्ठ २९, शुक्रबार