• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

लोक भजन चुड्का संरक्षण प्रतिष्ठान बागलुङको अध्यक्षमा क्षेत्री

  • २०८३ जेष्ठ ३१, आईतवार

बागलुङ । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, बागलुङको दोस्रो जिल्ला अधिवेशनले टेकबहादुर क्षेत्रीलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

बागलुङ बजारमा शनिबार सम्पन्न अधिवेशनले क्षेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको महिला उपाध्यक्षमा पार्वती केसी, सचिवमा भिमनाथ पौडेल, सहसचिवमा शिलशिला केसी, कोषाध्यक्षमा टंक केसी तथा सहकोषाध्यक्षमा टिका कुमारी कँडेल चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा टिकाराम सापकोटा, कमल क्षेत्री, सरिता थापा, रिना थापा, युद्धबहादुर शाही, देवेन्द्र पौडेल, छविलाल शर्मा, खेमराज पाठक, नवीनप्रताप जिसी, पार्वती शर्मा, गम्भीरा घिमिरे, लेखनाथ पौडेल, लालु केसी, दिनेश पौडेल र भूमिराज क्षेत्री चयन हुनुभएको छ ।

अधिवेशनको उद्घाटन सत्रमा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष प्रेमराज अधिकारी, गण्डकी प्रदेश अध्यक्ष वसन्त बास्तोला, बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्य, महिला नेतृ ममता देवी शर्मा तथा लोकदोहोरी प्रतिष्ठान बागलुङकी अध्यक्ष सरस्वती खड्का परियारले लोक भजन चुड्का संरक्षण र प्रवद्र्धनमा संस्थाको भूमिकाबारे धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम प्रतिष्ठान बागलुङका अध्यक्ष टेकबहादुर क्षेत्रीको अध्यक्षता, सदस्य कमल क्षेत्रीको स्वागत मन्तव्य तथा सचिव भिमनाथ पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • २०८३ जेष्ठ ३१, आईतवार