• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय बागलुङले मनायो अन्तर्राष्ट्रिय योग दिवस

बागलुङ । १२औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय बागलुङमा “योग प्रशिक्षण एवं राजयोग मेडिटेशन अनुभूति कार्यक्रम” सम्पन्न गरिएको छ ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय बागलुङको आयोजनामा रहेक दिन राजयोग मेडिटेशनमा सहभागी हुँदै आएकाहरुका लागि योगको प्रक्षिण दिइएको हो ।

योग प्रशिक्षक महिला पतञ्जलि योग समिति बागलुङका महामन्त्री सिर्जना पन्त, प्रशिक्षक लक्ष्मी बास्कोटा, जमुना अधिकारी र गंगा थापाले योगका अभ्यासहरु गराउन भएको थियो ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय बागलुङका सावित्री दिदीले बलियो मनका लागि राजयोग र शरिरका लागि हठयोग आवश्यक रहेको भन्दै आगामी दिनमा समेत ईश्वरीय विश्वविद्यालयमा नियमित योग अभ्यास गराउने बताउनु भएको थियो ।

पुर्व जनप्रतिनिधि महिला अधिकारकर्मी समेत रहेका योग प्रशिक्षक लक्ष्मी बास्कोटाले पतञ्जलिका तर्फबाट हप्ताको २ दिन शनिबार र आइतबार ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय बागलुङमै उपस्थित भएर योग सिकाउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।