• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

विद्यामन्दिर माविको अध्यक्षमा पुन श्रेष्ठ

  • २०८३ असार १२, शुक्रबार

बागलुङ । बागलुङको सबैभन्दा पुरानो विद्यालय विद्यामन्दिर माध्यामिक विद्यालयमा व्यवस्थापन समिति सर्वसम्मत रुपमा गठन गरिएको छ । समितिको अध्यक्षमा पुन श्रीजय श्रेष्ठ सर्वसम्मत हुनुभएको छ । यसअघि नगरपालिकाले उहाँलाई अध्यक्षका लागि नियुक्त गरेको थियो । श्रेष्ठ सहित अन्य समिति सर्वसम्मत गठन गरिएको थियो । विद्यालयमा नवगठित विद्यालय व्यवस्थापन समितिको पदस्थापन तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

नवनिर्वाचित अध्यक्ष श्रीजय श्रेष्ठको नेतृत्वमा रहेको विद्यालय व्यवस्थापन समितिले पदभार ग्रहण गरेको हो । अध्यक्ष श्रेष्ठसहित सदस्यहरू अनुज श्रेष्ठ, कमला क्षेत्री र मोनु थापाले पदभार सम्हाल्नुभएको थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका शिक्षा शाखा प्रमुख धन प्रसाद पोख्रेल, वडा अध्यक्ष लक्ष्मण केसी, शिक्षाप्रेमी, अभिभावक, शिक्षक तथा स्थानीय सरोकारवालाहरूको उपस्थितिमा पदभार ग्रहण गरिएको थियो ।

  • २०८३ असार १२, शुक्रबार