• २०८३ आश्विन १८, आईतवार
  • 2026 October 04, Sunday

मर्निवाक हिडेका श्रीषलाई टोक्ने कुकुर सेल्टर हाउसमा

बागलुङ । मर्निवाक हिडेका एक व्यक्तिलाई टोक्ने कुकुरलाई सेल्टर हाउसमा लगिएको छ ।  बुधबार विहान (२०८३ असार १७ गते) बागलुङ नगरपालिका–२ शिवधाराका डम्मर बहादुर श्रीषलाई बानपा–४ उपल्लाचौर एटिएम चोक नजिक सडक कुकुरले टोकेर घाइते बनाएको थियो ।

मर्निवाक हिँडिरहेका श्रीषलाई अचानक आक्रमण गर्दै सडक कुकुरले टोकेको थियो । घाइते श्रीषलाई तत्काल उपचार पछि घर फर्किनु भएको छ ।

नगरपालिकाका कर्मचारी र स्थानीयवासीको सक्रियतामा उक्त कुकुरलाई नियन्त्रणमा लिएर बागलुङ नगरपालिकाले सञ्चालन गर्दै आएको डग सेल्टर हाउसमा लगिएको बागलुङ नगरपालिकाका पशु सेवा शाखा प्रमुख मित्र प्रसाद सापकोटाले जानकारी दिनुभयो ।