• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

बागलुङमा जुवातास खेल्ने सात जना पक्राउ

  • २०८३ असार १९, शुक्रबार

बागलुङ । बागलुङ नगरपालिका–३ चिप्लेटीस्थित एक घरबाट जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सुचाना अधिकारी रामेश्वर त्वातिका अनुसार आज दिउँसोे हारजित हुने गरी जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक चिरञ्जिवी अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।

छापाका क्रममा घरधनी मुक्तबहादुर किसानसहित पदमबहादुर किसान, सोही स्थानका प्रेमबहादुर किसान, दीपक रुचाल, शुक्र आले र बागलुङ नगरपालिका–६ का ३८ वर्षीय श्यामबहादुर परियार तथा बागलुङ नगरपालिका–८ का ६७ वर्षीय कृष्ण खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट नगद २० हजार ८३५ रुपैयाँ र १०६ पत्ती तास बरामद गरिएको छ । पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय बागलुङमा राखिएको प्रहरीले जनाएको छ ।

  • २०८३ असार १९, शुक्रबार