• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

टिका धन क्रियाशील पत्रकारिता पुरस्कारबाट आचार्य सम्मानित

बागलुङ ।  टिका धन क्रियाशील पत्रकारिता पुरस्कार–२०८३ बाट पत्रकार किरण आचर्य पुरस्कृत हुनुभएको छ ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको १४औँ साधारणसभा तथा २६औँ स्थापना दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा नेपाल टेलिभिजनका बागलुङ सम्वादाता आचार्यलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा तथा शाखाका सचिव नारायण रिजालले आचार्यलाई सम्मानपत्र, दोसल्ला तथा नगद रु १० हजार सहित पुरस्कार प्रदान गरेका थिए ।

पुरस्कारका संरक्षक मित्रलाल खरेलले यो पुरस्कार स्थापना गरेका हुन् । पुरस्कारबाट सम्मानित आचार्य २५ वर्षदेखि पत्रकारितामा पेशामा कार्यरत छन् ।