• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

लागुपदार्थ सेवन गरी जीप चलाएपछि….

  • २०८३ असार २८, आईतवार

बागलुङ । गत बिहीबार बागलुङ नगरपालिका–१० भकुण्डेमा बोलेरो जीप दुर्घटनामा परेको थियो । दुर्घटना सामान्य भएपनि प्रहरीले दुर्घटनाको कारण भने चालको लापरवार्हीका कारण भएको तथ्य बाहिर ल्याएको छ । भकुण्डेबाट बागलुङ बजारतर्फ आउँदै गरेको जीप सडकभन्दा दुई मिटर तल खसेको थियो । दुर्घटनामा मानवीय क्षति भएन ।

स्थानीयको खबरलगत्तै घटनास्थलमा पुगेको प्रहरीले चालकसँग दुर्घटनाको बारेमा सोधपुछ ग¥यो । सजिलो सडकमा जीप दुर्घटना भएको पाइएपछि प्रहरी थप चनाखो बनेर अनुसनधान गर्दा चालकले लापसे सेवन गरेको पाइएको छ । चालककै कारण दुर्घटना भएको हुन सक्ने आशङ्काबिच प्रहरीले लागुपदार्थ सेवन गरे नगरेको चेकजाँच ग¥यो । चेकजाँचमा चालकले लागुपदार्थ सेवन गरेको पुष्टि भयो ।

चालकले लागुपदार्थ सेवन गरी सवारी दुर्घटना गराएको पुष्टि भएपछि चालक सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. २ स्थायी घर भई हाल बागलुङ नगरपालिका वडा नं. ११ बस्दै आउनुभएका २८ वर्षीय चिरञ्जिवी खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘‘लागुपदार्थ सेवन जाँच किट (टिएचसी) द्वारा परिक्षण गर्दा चालक खतिवडाले लागुपदार्थ सेवन गरेको पुष्टि भयो’’ जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले भन्नुभयो ।
यात्रुको ज्यान जोखिममा पार्ने गरी लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएपछि अनुसन्धान गर्न जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक त्वातीले जानकारी दिनुभयो ।
यसअघि प्रहरीले लागुपदार्थ सेवन गरी सवारी चलाउने चार जना चालकलाई नियन्त्रणमा लिएको छ । इभी चालक प्रेमबहाुर दर्जी, बोलेरो जिप चालक दीपक थापा, दिपशे घर्ती र मिनी ट्रक चालक उत्तम नेपालीले प्रहरीले नियन्त्रणमा लिएको हो । चालकलाई अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको थप गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक फणिन्द्र प्रसाईं, ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक मिनबहादुर कुँवरसहित दस जनाको टोली लागुपदार्थ सेवन चेकजाँचमा खटिनुभएको थियो ।

अधिकांश सवारी दुर्घटना चालककै कमजोरीका कारण घटेको पाइएपछि प्रहरीले सवारी चालकले लागुपदार्थ सेवन गरे नगरेको चेकजाँचसँगै स्वास्थ्य परीक्षण र सचेतनामुलक स्टिकर टाँस्ने अभियान चलाएको छ ।
चालकले मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाएको जनगुनासो बढेपछि अभियान चलाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक मिनबहादुर कुँवरले जानकारी दिनुभयो ।

  • २०८३ असार २८, आईतवार