• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

खोला तर्नेक्रममा बागलुङमा महिला वेपत्ता

  • २०८३ असार ३०, मंगलवार

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–७ र ८ को सिमानामा पर्ने रेसखोला तर्ने क्रममा एक महिला खोलाले बगाएर बेपत्ता हुनुभएको छ । आज बिहान १० बजे गुल्मीको मुसिकोट नगरपालिका–३ टेगा घर भएकी ४५ वर्षीया मिना कार्की खोलाले बगाएर बेपत्ता हुनुभएको छ ।

श्रीमान् टिका बहादुर गन्दर्भसँग घुम्न आएका बेला खोला तर्ने क्रममा खोलामा वेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो ।

थप खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी निरीक्षक चिरञ्जीवी अधिकारीको कमाण्डमा १० जना प्रहरी तथा सशस्त्र प्रहरी बल गुल्म मुख्यालय बागलुङबाट सशस्त्र प्रहरी नायब निरीक्षक भद्रे बुढाको कमाण्डमा १० जनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको छ ।

  • २०८३ असार ३०, मंगलवार