• २०८३ आश्विन १९, सोमबार
  • 2026 October 05, Monday

एकता सहकारीले मनायो २८ औँ स्थापना दिवस

  • २०८३ श्रावण १, शुक्रबार

बागलुङ । एकता सहकारी संस्था लिमिटेड बागलुङले २८ औँ स्थापना दिवस विभिन्न कार्यक्रमको गरेर मनाएको छ ।

२०५६ असार ३२ गते स्थापना भएको संस्थाको स्थापना दिवसको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले सहकारीको गरिमा र महत्वलाई कायम राख्दै समाजमा फैलिएको नकारात्मक भ्रमलाई चिरेर अगाडि बढ्न आग्रह गर्नु भएको थियो ।

उहाँले संस्थाले आफ्ना शेयर सदस्यलाई सहकारीको बारेमा बुझाउन सके कुनैपनि समस्या समधान हुन सक्ने बताउनु भएको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार चण्डीप्रसाद शर्माले सहकारी संस्थाहरुका विचमा कहिल्लै पनि अस्वस्थ्य प्रतिशप्रर्धा गर्न नहुने बताउनु भएको थियो । उहाँले साना–ठूला जस्तोसुकै भएपनि सहकारीको नीति र मर्म अनुसार सञ्चालित संस्थाहरुमा कहिल्लै प्रतिशप्रर्धा नहुने बताउनु भयो ।

कार्यक्रममा संस्थापक कृष्णशंकर श्रेष्ठ, धु्रव प्रसाद शर्मा, कानुनी सल्लाहकार काजीगाउँले श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सिर्जना पन्त लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यबहाक अध्यक्ष रुद्रबहादुर महतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष लक्ष्मण प्रसाद शर्माको स्वागत तथा सचिव रीता शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
संस्थाले स्थापना दिवसकै अवसरमा बागलुङ नगरपालिका वडा नम्बर ८ तित्याङ स्थित शिव मन्दिरमा साउण्ड सिस्टम हस्तान्तरण गरेको छ ।

  • २०८३ श्रावण १, शुक्रबार