• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

बुर्तिबाङ ढोरपाटन सडक खण्डमा पहिरो झर्दा गाडी पुरियो

बागलुङ । सालझण्डी–ढोरपाटन सडक खण्डमा पर्ने बुर्तिबाङ ढोरपाटन खण्डमा पहिरो झर्दा पर्यटक सवार स्कर्पियो पुरिएको छ ।

ढोरपाटन नगरपालिका–९ सुकुरदुङमा सडक माथिबाट खसेको पहिरोले मंगलबार राति सडक माथिदेखि खसेको पहिरोले ग १ य ९८२ नम्बरको स्कार्पियो पुरिएको हो ।
स्कर्पियो पर्यटक लिएर ढोरपाटनतर्फ जाँदै गर्दा पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिनु भयो ।

मानवीय क्षति भने नभएको प्रहरी उपरीक्षक प्रसाइको भनाइ छ । जेसिभीको सहायताले गाडी निकालिएको छ ।