• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

आठ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोरको बागलुङ खण्ड

  • २०८३ श्रावण ९, शनिबार

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड सात दिनपछि सञ्चालनमा आएको छ ।

बागलुङ खण्ड अन्र्तगत जैमिनी नगरपालिका–८ छिस्ती बेलबगरको चौरीखोला पुल नजिकै सडक माथिबाट खसेको ठूलो पहिरोका कारण सडक साउन एक गते शुक्रबारदेखि अबरुद्ध भएका थियो ।

शुक्रबारदेखि अबरुद्ध भएको सडक शनिबारदेखिनै खुलाउन थालिएपनि पहिरो ठूलो भएकाले साउन ८ गते शुक्रबारबाट मात्रै एतर्फ सन्चालनमा आएको सडक डिभिजन कार्यालयका प्रमुख हरी सुवेदीले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय बागलुङले पहिरो खुलाउन दुई लोडर तथा एक स्काभेटर प्रयोग गरेर पहिरो धमाधम पन्छाएपछि आठ दिनमा पहिरो खुलाइएको हो । साउन एक गतेदेखि करिडोरको बलेवा–गुल्मी सम्मको सडक खण्ड सडक डिभिजन कार्यालयलाई हस्तान्तरण भएको थियो ।

  • २०८३ श्रावण ९, शनिबार