• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

बडिगाडमा आठ दिनदेखि बेपत्ता थापा मृत फेला, चार साथी नियन्त्रणमा

  • २०८३ श्रावण ९, शनिबार

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१ का आठ दिनदेखि बेपत्ता रहेका लजिन थापा मृत अवस्थामा फेला परेका छन् ।

थापा साउन १ गते साँझ करिब ८ बजे घरनजिकै साथीको जन्मदिन मनाउन जाने भन्दै घरबाट निस्किएका थिए । त्यसयता सम्पर्कविहीन रहेका उनी शनिबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक डम्बरबहादुर बोहराको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

प्रहरीले थापासँग जन्मदिन मनाउन गएका चार जना साथीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी रामेश्वर त्वातिले जानकारी दिनुभयो । प्रहरी घटनास्थलमा पुगेको र घटनाको अनुसन्धानपछि मात्रै मृत्युको कारण खुल्ने बताउनुभयो ।

 

  • २०८३ श्रावण ९, शनिबार