• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

सुनको रिङ लुटपाट गरेको आरोपमा एक जना पक्राउ

  • २०८३ श्रावण २२, शुक्रबार

बागलुङ । बागलुङको बरेङ गाउँपालिकामा एक महिलाको सुनको रिङ लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बरेङ गाउँपालिका–३ बाटाकाचौर मञ्जुवा निवासी ६८ वर्षीया मैसरी काउचालाई घरको आँगनमा बसिरहेका बेला सोही ठाउँका १९ वर्षीय सन्दीप रुचालले डरधम्की दिई कानमा लगाएको करिब ४.३८ ग्राम तौलको सुनको रिङ लुटेको आरोपमा पक्राउ गरिएको हो ।

घटना साउन २१ गते बिहान करिब ११ः०० बजे भएको प्रहरीले जनाएको छ । घटनापछि इलाका प्रहरी कार्यालय बरेङबाट खटिएको प्रहरी टोलीले आरोपितलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले पक्राउ परेका रुचालमाथि लुटपाटसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ । यसका लागि बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

  • २०८३ श्रावण २२, शुक्रबार