• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

अपाङ्ग बालिकालाई बलात्कार गर्ने बडिगाडका प्रतेल पक्राउ

  • २०८३ श्रावण २६, मंगलवार

बागलुङ 
बागलुङको बडिगाड गाउँपालिकामा विदालयबाट घर फर्कदै गरेकी अपाङ्ग बालीकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातिका अनुसार बडिगाड गाउँपालिका–१ घोरलोकस्थित एक घरमा बडिगाड गाउँपालिका–३ निवासी ३३ वर्षीय होमे प्रतेलले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार घटनामा पीडित भनिएकी १७ वर्षीया अपाङ्गता भएकी युवती रहेकी छन् । प्रतेल बिरुद जबर्जस्ती करणीसम्बन्धी कसुरमा जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

 

  • २०८३ श्रावण २६, मंगलवार