• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

फेक अकाउन्टबाट गोप्य फोटो भिडियो सार्वजनिक गर्ने बागलुङका मनिष पक्राउ

म्याग्दी। जिल्ला प्रहरी कार्यालय बेनीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा संलग्न बागलुङका मनिष सराईलीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ परेका उनले नक्कली सामाजिक सञ्जाल खाता सञ्चालन गर्दै अनधिकृत रुपमा गोप्य फोटो तथा भिडियोहरू प्रकाशन प्रसारण गरेका थिए ।

बागलुङको तमानखोला गाउँपालिका १ स्थायी घर भइ हाल कास्कीको अन्नपूर्ण गाउँपालिका २ नौडाँडामा बसोबास गर्दै आएका ३२ वर्षीय रसाईली विरुद्ध जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी परेको थियो ।

कास्की प्रहरीको सहयोगमा रसाईलीलाई नौडाँडाबाट नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐनअनुसार कानुनी कारबाही बढाएको जिल्ला प्रहरी कार्यालय बेनीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।