बागलुङ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले प्रसिद्ध बागलुङ कालिका मन्दिरको दर्शन गर्नुभएको छ ।
शर्माले गण्डकी प्रदेशकै उत्कृष्ट शक्तिपीठको रुपमा रहेको कालिका भगवती मन्दिरको आज बिहान १०ः ३० बजे पुजा आजा सहित कालिका देविको दर्शन गर्नुभएको हो ।
आदलतहरुको स्थलगत अनुगमनका लागि बागलुङ आउनुभएको शर्मा परिवारका सदस्य तथा न्यायाधिसहरु सहित आज बिहान कालिका मन्दिर पुग्नुभएको थियो ।
प्रधानन्यायाधीश डा.शर्माले प्रसिद्ध कालिका मन्दिरको आज बिहान दर्शन गर्नुभएको कालिका भगवती गुठी व्यवस्थापन समितका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिनुभयो ।
शर्मालाई गुठी व्यवस्थापन समितिको तर्फबाट कालिका मन्दिरको तस्विर समेत मायाको चिनोका रुपमा प्रदान गरिएको थियो । शर्माले आगन्तुक पुस्तिकामा हस्ताक्षर समेत गर्नुभएको छ ।
प्रधानन्यायाधीश शर्माले जेन्जी आन्दोलनमा क्षति पुगेका अदालतहरु तथा अन्य अदालतहरुको भौतिक अवस्था अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
शर्मा आज दिनभर उच्च अदालत पोखरा बागलुङ इजालश, जिल्ला अदालत बागलुङ, जिल्ला अदालत म्याग्दी र जिल्ला अदालत पर्वतको निरिक्षण गर्ने कार्यक्रम रहेको छ ।