• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

’गाउँ नै बगाएको छ, कति मान्छे बेपत्ता भए थाहा छैन’

  • २०८३ भाद्र १०, बुधबार

तिब्बततर्फबाट आएको बाढीले रसुवा–नुवाकोटमा ठूलो क्षति पु¥याएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवामा ठूलो क्षति पु¥याएको हो ।
रसुवाको गोसाइकुण्ड गाउँपालिकाको कार्यपालिका सदस्य पेमा दोर्जे घलेका अनुसार टिमुरे गाउँ नै बगाएको छ ।

’टिमुरे गाउँ नै बगायो। कति मान्छे बेपत्ता भए थाहा छैन,’ घले भन्छन्, ’सग्लो घरहरू एउटै छैनन् । लगभग डेढ सय मानिसहरू उकालो लागेर बाँचेका छौं ।’
उनका अनुसार टिमुरेमा लगभग एक सय भन्दा बढी घरहरू थिए। त्यहाँ कति मान्छे जोगिए भन्ने भन्न सक्ने स्थिति छैन ।

’कति बगाए, अहिले केही भन्न सकिएको छैन,’ उनले भने । उकालो लागेर बाँचेकाहरू पनि त्यहाँबाट सुरक्षित स्थानमा सार्नुपर्ने रहेको उनले बताए ।

टिमुरेमा भएका प्रहरी, सशस्त्र प्रहरीहरू पनि दुई चारजना मात्र देखिएका छन्। ’नेपाली सेनाको हेलिकप्टर भर्खर आइपुगेको छ, बस्तीका मानिसहरूको जतिसक्दो छिटो खोजि गर्नुप¥यो,’ उनले भने ।

  • २०८३ भाद्र १०, बुधबार