• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

कालिका गुठीको अध्यक्षमा रामबहादुर खड्का र सचिवमा निशान खड्का

  • २०८३ भाद्र १२, शुक्रबार

बागलुङ । नेपालकै प्रसिद्ध धार्मिकस्थल कालिका भगवती गुठी व्यवस्थापन समितिको बागलुङको अध्यक्षमा राम बहादुर खड्का ‘रमेश’ नियुक्त हुनुभएको छ ।

गुठी संस्थानले बिहीबार अध्यक्ष खड्कालाई जिम्मेवारीसम्बन्धी पत्र पठाएको हो । यस्तै सचिवमा निशान खड्का नियुक्त हुनुभएको छ । गुठी संस्थानले नयाँ समिति नियुक्त गरेको सचिव निशानले खड्काले पुष्टिगर्नुभयो ।

यस्तै कोषाध्यक्षमा सचिन खड्का तथा महिला सदस्यमा विद्या खड्का र मनकुमारी खड्का चयन भएका छन् ।
यसअघि २०८२ माघ २ गते भूपेन्द्र खड्कालाई कालिका भगवती गुठी व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी प्रदान गरिएको थियो ।

  • २०८३ भाद्र १२, शुक्रबार