• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

अवैध काठ ओसारपसारमा संलग्न तीन जना पक्राउ

  • २०८३ भाद्र १४, आईतवार

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध काठ ओसारपसारमा गरिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ ।

जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ३ बिहुँबाट बाट ना ५ ख २३७६ नम्बरको ट्रकमा काठ लुकाएर लैजाँदै गर्दा चितवनको राप्ती नगरपालिका वडा नं. ११ का २६ वर्षिय बुद्धीलाल प्रजा, कोठेखोला गाउँपालिका वडा नं. ६ बिहुँका २७ वर्षिय खिमानन्द कँडेल र ट्रक चालक निसीखोला गाउँपालिका वडा नं. ६ का ३३ वर्षिय श्याम बुढा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

बिहुँबाट अवैध रुपमा काठ ओसारपसार भइरहेको सूचना आएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । हाल उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र काठ डिभिजिन वन कार्यालयले नापजाँच र अनुसन्धान गरिरहेको सुचना अधिकारी त्वातीले बताउनु भयो ।

चिलाउनी, उत्तिस लगायतका काठ ट्रकमा लोड गरिएको र काठमा कुनै पनि टाँचासमेत नलगाइएको सूचना अधिकारी त्वातीले जानकारी दिनुभयो ।

  • २०८३ भाद्र १४, आईतवार