बागलुङ । निर्माण व्यवसायी संघबागलुङले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि रु एक लाख एक सय सात सहयोग गरेको अध्यक्ष रामराज गुरुङले जानकारी दिनुभयो ।
संघले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा उक्त रकम जम्मा गरेको जनाएको छ । संघले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै आर्थिक सहयोग गरेको कोषाध्यक्ष लोकेन्द्र केसीले जानकारी दिनुभयो ।
संघले बेपत्ता भएकाको सकुशल उद्दार तथा प्रभावित परिवारको सुरक्षित पुनःस्थापनाको कामना गर्दै निर्माण व्यवसायीलाई व्यक्तिगत तर्फबाट समेत सहयोग गर्न आग्रह गरेको छ ।