• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

मन्दिरको साढे पाँच लाख भेटी बाढीपीडितलाई

  • २०८३ भाद्र १७, बुधबार

बागलुङ । भोटेकोशी बाढीपीडितलाई प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरले रु. पाँच लाख ५५ हजार सहयोग गरेको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आकश्मिक बसेको बैठकले भोटेकोशी बाढी पीडितको उद्दार र राहतका लागि मन्दिरको भेटीको रकमबाट सहयोग गर्ने निर्णय गरेको बागलुङ कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर खड्काले जानकारी दिनुभयो ।

बाढीपीडितको उद्दार र राहतमा मन्दिरमा संकलन भएको भेटीको रकमबाट प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषलाई सहयोग गर्ने निर्णय अनुसार कोषमा रकम जम्मा गरिने भएको हो ।

कालिका भगवती मन्दिर गण्डकी प्रदेशकै प्रसिद्ध शक्तिपीठको रुपमा स्थाति भएको छ । मन्दिरमा वार्षिक रुपमा १० लाख भक्तजन र करोडौ भेटी संकलन हुँदै आएको छ । विसं १५९१ सालमा स्थापना भएको बागलुङ कालिका भगवती मन्दिरमा मंगलबार र शनिबार विशेष पूजा हुने गर्दछ ।

  • २०८३ भाद्र १७, बुधबार