• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

माइत हिँडेकी महिलालाई खोलाले बगायो, १९ घण्टापछि भेटियो शव

  • २०८३ भाद्र २९, सोमबार

गुल्मी । गुल्मीमा खोलाले बगाउँदा बेपत्ता महिला मृत फेला परेकी छिन् । माइत हिँडेकी महिला खोलाले बगाउँदा बेपत्ता भएकी थिइन् । जिल्लाको मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाको सिमानामा पर्ने निस्ती खोलाले बगाएको हो ।

मुसिकोट नगरपालिकाको इन्द्रेगौंडा घर भएकी २९ वर्षीया कल्पना पुन इस्मा गाउँपालिका(४ हुल माइत हिँडेकी थिइन् । आइतबार साँझ खोलाले बगाएको जानकारी गराएपछि प्रहरी र स्थानीयसँगको खोजी कार्यमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

खोजी कार्यमा इस्मा प्रहरी चौकी र पौंदीअमराईबाट प्रहरी टोली खटिएको थियो । खोला तर्ने क्रममा खोलाले बगाएको खबरपछि प्रहरी खटिएको थियो । शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल पठाइएको छ ।

  • २०८३ भाद्र २९, सोमबार