• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

रोपाइँ, कटुवाल र घोडा नाचबाट संकलित रकम बाढीपीडितलाई

  • २०८३ आश्विन १, बिहीबार

बागलुङ । नेवाः ल्याम्ह पुचः बागलुङले रोपाइँ, कटुवाल र घोडा नाचबाट संकलित रकम बाढीपीडितलाई प्रदान गरेको छ । संस्कृति संरक्षणसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रु. ४० हजार ४०५ सहयोग गरेको छ । नेवाः ल्याम्ह पुचः बागलुङले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको नेवा कला, संस्कृति तथा परम्पराको संरक्षणसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले विभिन्न कार्यक्रमबाट संकलित रकममध्ये आवश्यक व्यवस्थापन खर्च कटाएर बाँकी रकम राहत कोषमा जम्मा गरेको जनाएको छ ।

संस्थाले रोपाइँ, कटुवाल नाच तथा घोडा नाच लगायतका कार्यक्रमबाट सङ्कलित रकममध्ये रु. ४० हजार ४०५ विपद्मा परेका नागरिकको सहयोगका लागि प्रदान गरेको हो । रकम बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा हस्तान्तरण गरिएकोसंस्थाले विपद्का बेला सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको मानवीय अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र सहभागिता जनाउने सबैप्रति आभार व्यक्त गरेको छ ।

संस्कृति संरक्षणसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने आफ्नो अभियानअन्तर्गत गरिएको सहयोगले विपद्मा परेका दाजुभाइ तथा दिदीबहिनीलाई केही राहत पुग्ने विश्वास संस्थाले व्यक्त गरेको नेवाः ल्याम्ह पुचः बागलुङले जनाएको छ ।

  • २०८३ आश्विन १, बिहीबार