• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

कांग्रेस इतर पक्षको बागलुङ संयोजकमा सागर छन्त्याल

  • २०८३ आश्विन १, बिहीबार

 

बागलुङ । नेपाली काँग्रेस ईतर पक्ष बागलुङको जिल्ला संयोजकमा सागर छन्त्याल लाई तोकेको छ ।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन तयारीका लागि इतर पक्षले छन्त्याललाई बागलुङ जिल्ला संयोजक तोकेको हो । छन्त्याल कांग्रेस बागलुङका उपसभापति हुन् । संस्थापन पक्षले कार्यवाहक सभापतिको जिम्मेवारी उप सभापति तारानाथ पौडेललाई दिएपछि इतर पक्षले पनि छन्त्याललाई संयोजक तोकेको छ ।

इतर पक्षका संयोजक शशांक कोराइलाले छन्त्याललाई संयोजक तोकेको पत्र पठाएको छन् । देउवा पक्षले गत साउन २९, ३० ३१ गते राष्ट्रिय भेला गरेर असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेश सभा निर्वाचन क्षेत्र एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन, कार्तिक १५ गते जिल्ला अधिवेशन, मंसिर ४ गते प्रदेश अधिवेशनहरु गर्ने निर्णय गरेको छ ।

‘अधिवेशन सम्पन्न गर्न जिल्लाका साथीहरूको सुझाव र केन्द्रीय प्रतिनिधिको सिफारिसमा छन्त्याललाई बागलुङ जिल्ला संयोजकमा मनोनयन गरिएको छ’ संयोजक कोराइलाले छन्त्याललाई पठाएको पत्रमा उल्लेख छ ।
यसअघि जिल्ला संयोजक भने जीत बहादुर सेरचन हुन् ।

  • २०८३ आश्विन १, बिहीबार