• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

लायन्स क्लव अफ पीस टाउन बागलुङद्वारा धौलागिरी अस्पताललाई ह्विलचेयर सहयोग

  • २०८३ आश्विन २, शुक्रबार

बागलुङ । सामाजिक सेवामार्फत समुदायमा योगदान पु¥याउँदै आएको लायन्स क्लव अफ पीस टाउन बागलुङले आफ्नो चार्टर डे विभिन्न सामाजिक गतिविधिसहित मनाएको छ । चार्टर डे ९२०८३ असोज १० को अवसरमा क्लबले धौलागिरी प्रादेशिक अस्पताल बागलुङलाई ह्विलचेयर वितरण गरेको हो ।

अस्पतालमा उपचारका लागि आउने बिरामी तथा अशक्त व्यक्तिहरूलाई आवतजावतमा सहज होस् भन्ने उद्देश्यले ह्विलचेयर हस्तान्तरण गरिएको क्लबले जनाएको छ । स्वास्थ्य संस्थामा आवश्यक पर्ने सहयोग उपलब्ध गराउँदै सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले चार्टर डेमा ह्विलचेयर सहयोग गरिएको हो ।

क्लबकी अध्यक्ष शारदा कार्कीको नेतृत्वमा आयोजित कार्यक्रममा ह्विलचेयर अस्पताललाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

क्लबले सामाजिक सेवा, स्वास्थ्य, शिक्षा तथा समुदायका आवश्यकतामा आधारित विभिन्न गतिविधिलाई निरन्तरता दिँदै आएको जनाएको छ । स्थापना दिवसलाई औपचारिक कार्यक्रमभन्दा पनि सेवामूलक कार्यसँग जोडेर मनाउने उद्देश्यअनुसार अस्पताललाई सहयोग गरिएको क्लबका अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

क्लवका चार्टर प्रेसिडेन्ट सनिसा घर्तीले क्लबको स्थापना समुदायमा सेवा गर्ने उद्देश्यले भएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यकताका आधारमा सामाजिक तथा मानवीय सेवाका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

चार्टर डेमा गरिएको ह्विलचेयर सहयोगले अस्पतालमा आउने बिरामी, ज्येष्ठ नागरिक तथा शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई प्रत्यक्ष रूपमा सहयोग पुग्ने अस्पताल व्यवस्थापन व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले बताउनुभयो । क्लबले आगामी दिनमा पनि स्थानीय समुदायसँग सहकार्य गर्दै सेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउने अध्यक्ष कार्कीले बताउनु भएको छ ।

  • २०८३ आश्विन २, शुक्रबार