• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

निसीखोलामा कांग्रेसको ५ वडामा अधिवेशन सकियो

  • २०८३ आश्विन ४, आईतवार

बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बागलुङको निसीखोला गाउँपालिकामा वडा तहको अधिवेशन प्रक्रिया सुरु भएको छ । महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसले वडा तहबाटै नयाँ नेतृत्व चयन गर्ने क्रममा निसीखोलामा पनि वडा कार्यसमिति चयन गरिएको हो ।

जसमा वडा नम्बर १ को सभापतिमा नरेन्द्र कुँवर, वडा नम्बर २ मा टेकबहादुर कार्की, वडा नम्बर ३ मा ईश्वरी कँडेल, वडा नम्बर ४ मा तिलप्रसाद रेग्मी र वडा नम्बर ५ मा ढालबहादुर छन्त्याल चयन हुनुभएको छ । वडा नम्बर ७ को वडा अधिवेशन भने असोज ६ गते गर्ने तयारी गरिएको नेपाली काँग्रेस निीखोला सचिव राजमन बुढामगरले जानकारी दिनुभयो । यस्तै वडा नं ६ मा भने अधिवेशन नभएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार निसीखोलामा वडा तहको नेतृत्व चयनका क्रममा युवालाई समेत प्राथमिकता दिइएको कांग्रेस नेताहरूले बताएका छन् । नयाँ पुस्तालाई पार्टीको संगठनात्मक जिम्मेवारीमा अघि बढाउने र स्थानीय तहदेखि नै नेतृत्व विकास गर्ने उद्देश्यले युवाको सहभागितालाई महत्व दिइएको हो । निसीखोला गाउँपालिका नेपाली कांग्रेस बागलुङका कार्यवाहक सभापति समेत रहनुभएका तारानाथ पौडेलको पालिका पनि हो । जिल्लाको पार्टी नेतृत्वको जिम्मेवारीमा रहनुभएका पौडेलको पालिकामा भएको वडा अधिवेशनलाई जिल्लास्तरमा समेत चासोका साथ हेरिएको छ ।

पार्टीको केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ । त्यसअघि वडा, गाउँ–नगरपालिका, प्रदेशसभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय तहका अधिवेशन सम्पन्न गर्ने कांग्रेसको कार्यतालिका छ ।

संशोधित कार्यतालिकाअनुसार वडा अधिवेशन असोज ३ र ४ गते, गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते र त्यसपछि क्रमशः माथिल्ला तहका अधिवेशन हुनेछन् ।

  • २०८३ आश्विन ४, आईतवार