बागलुङ । बागलुङको गलकोट नगरपालिकामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भएसँगै ११ वटै वडामा नयाँ नेतृत्व चयन भएको छ। वडा अधिवेशनबाट सभापतिसहित वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन गरिएको हो।
गलकोट कांग्रेसको वडा तहमा वडा नं। १ मा ईश्वर बुढाथोकी, वडा नं २ मा घनश्याम कुँवर, वडा नं ३ मा झहरबहादुर खत्री, वडा नं ४ मा खुमप्रसाद न्यौपाने, वडा नं ५ मा डिलबहादुर बस्नेत र वडा नं ६ मा अमोज विक सभापतिमा चयन भएका छन्।
त्यस्तै वडा नं ७ मा टेकनाथ गौतम, वडा नं ८ मा घनश्याम चालिसे, वडा नं ९ मा लक्ष्मण गौतम, वडा नं। १० मा गंगा ब घर्ती पुन र वडा नं ११ मा टिका श्रीस सभापतिमा चयन भएका छन्।