• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

बेनीमा दसैँ तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालन हुने

म्याग्दी : सदरमुकाम बेनीमा बुधबारदेखि दसैँ, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आउने भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको म्याग्दीका लागि आधिकारिक बिक्रेता श्रीकृष्ण टेर्डसमार्फत बेनी नगरपालिका–८, न्यूरोडस्थीत भिम एण्ड ब्रदर्शबाट चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो । साल्ट ट्रेडिङ कार्यालय बागलुङमार्फत नागरिकलाई सहुलियत उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनका लागि पहल गरे अनुसार ग्राहकले सुपथ मूल्यमा नुन, चिनी बिक्री गरिने श्रीकृष्ण टे««र्डसका सञ्चालक एवम् म्याग्दी उद्योग वाणिज्य संघका सचिव मोतिलाल पौडेलले बताउनुभयो । ‘पहिलो चरणमा अत्याधिक माग रहेको चिनी र नुन बिक्री गछौ, ग्राहकबाट माग भएमा तोरीको तेल, आँटा र मैदा समेत सुपथ मुल्यमै ल्याउछौ’ पौडेलले भन्नुभयो । छिमेकी जिल्ला बागलुङमा ट्रेडिङ कर्पोरेसन लिमिटेडले हरेक बर्ष बिक्री गर्ने गरेपनि म्याग्दीमा सञ्चालनमा नरहेको अवस्थामा यसबर्षदेखि नियमित सञ्चालनका लागि समेत पहल भइरहेको म्याग्दी उद्योग वाणिज्य संघका सचिव पौडेलको भनाई छ ।

सुपथ मुल्ःयको पसलबाट चिनी प्रतिकिलो ११० रुपैयाँ, नुन प्रतिकिलो २५ रुपैयाँमा उपलब्ध हुने बिक्रेता भिम एण्ड ब्रदर्शका सञ्चालक भिमनाथ रेग्मीले बताउनुभयो । प्रतिव्यक्ति अधिकतम पाँच किलो चिनी, पाँच किलो नुन उपलब्ध हुने छ । बजार मूल्यभन्दा चिनीमा प्रतिकिलो २० रुपैयाँ, नुनमा प्रतिकिलो पाँच रुपैयाँ, सुपथ मूल्य पसल कात्तिक ३० गतेसम्म बुधबार बिहान ८ बजेदेखि सञ्चालन हुनेछ ।