बागलुङ । नेपाली कांग्रेस बरेङ गाउँ सभापतिमा मोतिराम गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न बरेङ गाउँ अधिवेशनले गौतमलाई गाउँ सभापतिमा सर्वसम्मत निर्वाचित गरेको हो ।
अधिवेशनबाट गाउँ सभापतिमा निर्वाचित गौतम सहित सम्पूर्ण पदाधिकारी तथा सदस्य सर्वसम्मत भएको हो ।