बागलुङ । अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । अविरल वर्षापछि कागलुङ जिल्लाको निसीखोला–४ स्थित ठाडाखोलामा आएको लेदोसहितको बाढीका कारण शुक्रबार साँझदेखि लोकमार्ग अवरुद्ध भएको हो ।
अविरल वर्षाका कारण बागलुङ–बुर्तिवाङ–निसीखोला खण्डको निसीखोला गाउँपालिका ४ कानाबजार नजिक ठाडाखोलामा शाखा सडकका कारण लेदो सहितको बाढीले लोमार्ग अवरुद्ध बनाएको स्थानीय मिलन हमालले जानकारी दिनुभयो । निसीखोला गाउँपालिकाको अध्यक्ष सुर्य घर्ती मगरले लोकमार्गमा सानोखोलाबाट आएको बाढीले क्षति पु¥याउदै ठप्प बनाएको जानकारी दिनुभयो ।
सडकबो लेदो पन्छाउनका लागि सडक डिभिजन कार्यालय बागलुङ र मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयसँग समन्वय भएपनि निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको अध्यक्ष घर्तीले जानकारी दिनुभयो ।